नेपाल पर्वतारोहण संघद्वारा पर्वतारोहीहरुलाई राहत वितरण

लोकपथ
56
Shares

काठमाडौं । निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ ।

सोमबार नेपाल पर्वतारोहण संघको प्रांगणमा भएको कार्यक्रममा ३ हजार १ सय २५ जना पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण समस्यामा परेका पर्वतारोहीहरुलाई राहत सामग्री वितरण गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले आजबाट कोरोनाका कारण समस्या परेका आरोहीहरुलाई राहत सामग्री उपलब्ध गराउन शुरु गरेको बताए । उनले यो मारमा परेका पर्वतारोहीहरुको लागि मित्रतास्वरुप उपहार भएको पनि बताउनु भयो । अध्यक्ष लामाले ढिलो गरेर शुरु भएपनि पर्यटन मजदुरको लागि भइरहेको सहयोग धेरै राम्रो भएको बताए ।

अध्यक्ष लामाले भने, ‘द निपोन फाउण्डेशनले विगतदेखि ३ हजार पर्वतारोहीको लागि रिलिफ फण्डको लागि कार्यक्रम तयार गर्नुभएको थियो । आज पहिलो दिन नेपाल पर्वतारोही संघकै प्रांगणमा शुरुवात भएको छ । हामीले एकअर्काको मित्रताको लागि बाँडिरहेका छौँ ।’

त्यस्तै एकीकृत पर्यटन श्रमीक संगठन नेपालको केन्द्रिय महासचिव टीकाराम नेपालीले पर्वतारोहीहरुलाई गरिएको राहतले खुशी थपेको बताए । उनले पहिल्यैबाट हुनुपर्ने काम ढिलो गरेर शुरु गरेको भएपनि यसले समस्यामा परेका पर्वतारहीहरुलाई केही राहत दिने बताए ।

महासचिव नेपालीले भने, ‘एमएमएले ढिला भएपनि जुन काम गरेको छ । यो राम्रो हो । कोभिडको कारणले गर्दा हिमाल आरोहीहरुलाई जुन समस्या परेको छ, त्यसको लागि सहयोग गरेको छ । सामान भन्दा पनि पैसा नै दिएको भए अझ उचित हुन्थ्यो ।’

महासचिव नेपालीले राहत सामग्री दिनुभन्दा रकम दिएको भए झनै समस्यामा परेका पर्वतारोहीहरुले आवश्यक ठाउँमा त्यसको सदुपयोग गर्नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?