काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर दिनहुँ घट्दै गइरहेको छ । सो अवधिमा १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ९ हजार ७१० जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार यस अवधिमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ९३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । २४ घण्टाको अवधिमा ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया