काठमाडाैं । नायक पल शाहले एक पटक दर्शकसँगै बसेर आफ्नो फिल्म हेर्ने इच्छा रहेको बताएका छन् । आइतबार एक भिडियो सन्देशमार्फत प्रहरीसामु आजै सरेन्डर गर्ने जानकारी दिँदै पलले उक्त कुरा बताएका हुन् ।
भिडियोमा उनले आफू प्रहरीसामु समयमै उपस्थित हुन नसक्नुको कारण समेत उल्लेख गरेको छन् ।
उनले भिडियोमा आफ्नो अवस्था ठीक रहेको र प्रहरीसामु आउन ढिला गरेको कारणचाहिँ घर व्यवहार पनि मिलाउनु परेको र स्वास्थ्य स्थिति पनि अलिकति कमजोर भएको बताएका छन् ।
घरको गार्जेन नै आफू भएकाले प्रहरीसामु पुगेपछि अवस्था जे पनि आउने भएकाले घरको सबै व्यवहार मिलाउँदा कही समय लागेको भन्दै उनले आइतबार नै प्रहरीसामु उपस्थित हुने बताएका छन् ।
उनले आफू निर्दाेश भएकाे र आफूसँग भएका सबै कुरा र प्रमाण दिएर नेपाल प्रहरी र सम्मानित अदालतलाई सहयोग गर्ने समेत बताएका छन् ।
त्यसैगरी उनले ३/४ वर्षदेखिको आफ्ना दर्शकहरुसँगै बसेर आफ्नो फिल्म हेर्ने एउटा इच्छा भएकाले त्यो पूरा गरिदिन नेपाल सरकारसँग अनुरोध समेत गरेका छन् ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको भन्दै बुधबार उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसपछि फरार रहेका उनी आज मात्र सम्पर्कमा आएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया