जनकपुर – जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा सम्पन्न भएको छ ।
राष्ट्रिय एकता अभियानको आयोजनामा जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा मधेश प्रदेश सरकारले ल्याउन खोजेको मदरसा विधेयक तथा नेपालमा हुने चिनियाँ विस्तारवादविरुद्ध विरोध जनसभा सम्पन्न भएको हो ।
जनसभाका प्रमुख अतिथि तथा अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालमा पछिल्लो चिनियाँ विस्तारवाद बढेको दावी गरे ।
उनले चीनले नेपाललाई विकासको नाममा ऋण दिएर संकटमा पार्न खोजिरहेको आरोप लगाए । उनले भने,‘चीनले पोखरा विमानस्थल बनाउन नेपाललाई ऋण दिए अहिले ३ प्रतिशतभन्दा बढी ब्याज उठाइरहेको छ, जसले नेपाल चीनको चक्करमा परेर ऋण बोकिरहेको छ।’
मधेशी, दलित, जनजाति, आदिवासी सम्पूर्णको अधिकारका लागि संघीय गणतन्त्र स्थापना भएको र यसै संविधानमा हिन्दू सनातन संस्कृतिको पहिचान स्वरुप संविधानलाई संघीय हिन्दू गणतन्त्र बनाउने आवश्यकता रहेको समेत उनले बताए ।
अभियान जनकपुरका संयोजक मनीष हिन्दूको अध्यक्षतामा जनसभा सम्पन्न भएको हो । जनसभामा केन्द्रिय उपाध्यक्ष सुनीता साह, वरिष्ठ नेता कासिंन्द्र यादव, सिराहा संयोजक हेमंत सिंह, मोरङ संयोजक जितेन्द्र यादव, धनुषा सदस्य सुनील दास, रवि साह, राकेश साह लगायतको सहभागिता रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया