१ किलो बढी सुनसहित विमानस्थलबाट दुबईबाट आएका नेपाली पक्राउ

लोकपथ
84
Shares

एक किलो बढी सुनसहित दुबईबाट आएका एक नेपाली पक्राउ परेका छन् । फागुन १३ गते फ्लाई दुवईको उडानमा दुवईबाट नेपाल आगमन भएका सुनसरीका ३४ वर्षीय कमल घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनको साथबाट ११६५ ग्राम सुन (अन्दाजी अन्ठानब्बे लाख सतासी हजार नौ सय सड्तिस रुपैयाँ बराबर) बरामद भएको हो ।

उनलाई बरामद सुनसहित थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?