हालसम्म १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण

लोकपथ
14
Shares

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई आज लालपूर्जा वितरण गरेकी छन् ।
मन्त्री श्रेष्ठले सुुनसरीको जिल्लाको भोटेकोशी गाउपालिकामा आज आयोजित एक कार्यक्रमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्दै अब जिल्लाका सबै गाउँव्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको बताइन् ।
मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएरपनि भूमि विहिन बनीरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड दिइन् ।
मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको मन्त्रालयको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?