डा. केसीको टिप्पणी : ‘रुसी राष्ट्रपति पुटिन २१औँ शताब्दीको हिटलर’

लोकपथ
154
Shares

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई २१औं शताब्दीको हिटलरको संज्ञा दिएका छन् ।

पुटिनको निर्देशनमा रुसले बिहीबारबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘एकाइसौं सताब्दीको हिटलर पुटिन । हिटलरभन्दा पनि क्रुर । संसारभरीका सबैले यसको घोर विरोध, भत्र्सना र रोक्ने प्रयास गर्नु पर्छ,’ डा. केसीले भनेका छन् ।

आफू प्युठान जानेक्रममा गुल्मीरहेको जनाउँदै उनले आक्रमणको समाचारले आहात भएको बताएका छन् ।

‘रुसले यूक्रेनमाथि गरेको युद्ध अपराधको पराकाष्ठा हिजो राती वीवीसी लगायत विभिन्न समाचार माध्यमवाट अवगत भयो । एकाइसौं शताब्दीमा यस्तो हुनसक्छ भनेर कल्पना पनि गर्न सकिँदैन,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?