त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा चुकः गृहद्वारा छानबिन समिति गठन

लोकपथ
119
Shares

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसाबिना नै एक व्यक्ति पुगेको घटनाका सम्बबन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएकाले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै गृहले शुक्रबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई काम थालेको मितिदेखि सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही ९ फागुन सोमबार राति १०:४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानको बिजनेस क्लासमा पासपोर्ट, भिसाविना नै रौतहटका १८ वर्षीय मोहम्मद शेख आलम पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?