बुधबार देशभर ३१२ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
112
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा ६७ तथा ललितपुर र भक्तपुरमा १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सो अवधिमा ९ सय ११ जना निको भएका छन् २ जनाको मृत्यु भएको छ। हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?