निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बीमा गर्ने भएको छ ।
निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामूहिक दुर्घटना बीमा गरिन लागिएको हो । सामूहिक दुर्घटना बीमा २० लाखको रहनेछ ।
आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ । बीमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बिमा कम्पनीमार्फत बीमा गर्नेछ ।
५० प्रतिशतभन्दा बढी स्वेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।
क-कसको हुँदै छ बीमा ?
आयोगका अनुसार ९ सय जनाको १०४ दिनको बीमा हुँदै छ । जसमा निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी (काज, स्थायी र करारसमेत) पर्छन् ।
त्यस्तै, ६ हजार ७७७ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीको बीमा हुनेछ । उनीहरूको बीमा भने ७० दिनको मात्र हुनेछ ।
९४ हजार कर्मचारीको १५ दिने बीमा हुनेछ । जसमा मतदान केन्द्रमा खटिने कर्मचारी पर्छन् । मतगणनामा खटिने ९ हजार ३६ कर्मचारीको भने १० दिनको बीमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया