पसलमा लुकाएर प्रहरीलाई जोगाउने जानकीलाई क्षतिपूर्ती दिने सरकारको तयारी

लोकपथ
18.4k
Shares

काठमाडौं । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारले चासो देखिएको छ ।

आइतबार एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो ।

प्रदर्शनकारीहरुले पाँच जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो । प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो । मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी ब्याबसायी श्रेष्ठको पसलमा पुगेका छन् । अनुगमनमा उनीहरुले पसलमा भएको क्षतीको विवरण संकलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने समेत आश्वासन दिएका छन् ।

यसअघि मंगलबारै काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोली पनि श्रेष्ठको पसलमा पुगेर क्षति विवरण लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?