जेब्रा झोलामा भेटिएको टाउकोको सनाखन, तीन जना पक्राउ

लोकपथ
189
Shares

काठमाडौं । सुनसरीको धरान–भेडेटार सडकखण्डमा जेब्रा झोलामा भेटिएको टाउको झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सिग्देलको हत्या आरोपमा शंकास्पद तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । सुनसरीको धरान–४ मा सिग्देलको शव  गत बुधबार फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवरका अनुसार शंकास्पद तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएनन् ।

प्रहरीले दिएको जानकारी अनुसार मृत भेटिएका सिग्देल गत पुस २० गते बहराइनबाट नेपाल फर्किएका थिए । उनको दुई श्रीमती रहेको र बहराइनबाट फर्किएर कान्छी श्रीमतीकहाँ गएका थिए । पारिवारिक समस्याका कारण उनको हत्या भएका हुनसक्ने प्रहरीको भनाइ रहेको छ ।

सिग्देलको घुडाभन्दा माथि काटिएको अवस्थामा खुट्टा र टाउको जेब्रा झोलामा पोको पारी फालिएको अवस्थामा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?