सामाखुसीबाट चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

लोकपथ
203
Shares

काठमाडौं। काठमाडौंको सामाखुसीबाट चोरीको मोटरसाईकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुशीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने २० वर्षीय संजय विश्वकर्मालाई वास्तविक नम्वर परिवर्तन गरि प्रदेश ३-०२-१२ प ५५८२ नम्वर भएको एनएस पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए ।

वास्तविक नम्बर बा८५प ९०३४ खुल्न आएको उक्त मोटरसाईकल यहि पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाईकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताए ।

त्यसैगरी सोही स्थानबाट बा९७प ३१५५ नम्बरको पल्सर मोटरसाईकल सहित संखुवासभाको खाँदबारी घर भई काठमाण्डौं बस्ने रमेश राई नियन्त्रणमा आएका हुन्।

कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाईकल चोरी भएको भनी यहि असोजमा निबेदन दिएको महाशाखाले जनाएको छ ।

मोटरसाईकल सहित पक्राउ परेका दुबै जनालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी बृत्त महाराजगंजमा पठाइएको महाशाखाले जानकारी दिएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?