पुरानो बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

लोकपथ
399
Shares

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् ।

सोमबार राति महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको टोलीले ठूलो संख्यामा चिनियाँ नागरिक र नेपालीसहित ३७ जना पक्राउ गरेको हो ।

सोमबार राति उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले लोकपथलाई जानकारी दिए । त्यस्तै उनीहरुलाई केही बेरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्न लागिएको बताए ।

‘चिनियाँ र नेपालीसहित ३७ जनालाई पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको छ । केहीबेरमा सार्वजनिक गरिनेछ ।’ उनले लोकपथसँग भने ।

चिनियाँहरुको ठूलो सञ्जालले नेपालमा अनलाइन खेल खेलाउने लगायत विभिन्न बर्जित क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?