काठमाडौ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा अोली र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच चीनको 'ग्रेट हल'मा शिष्टाचार भेटवार्ता हुने भएको छ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार बेर्इजिङस्थित 'द ग्रेट हल अफ दि पिपुल्स' मा दुर्इ मुलुकका कार्यकारी प्रमुखहरूबीच अाज भेटवार्ता हुँदैछ। प्रधानमन्त्री अोली मंगलबार छिमेकी मुलुक चीनको भ्रमणमा गएका हुन् ।
प्रधानमन्त्री अोलीले अाजै बेर्इजिङस्थित नेपाली दुताबासमा चीनमा बस्दै अाएका नेपालीहरू र नेपाल-चीन व्यापार मञ्चलार्इ सम्बोधन गर्दैछन् । साथै, चिनियाँ समकक्षी लि खछियाङसँग पनि अाज प्रतिनिधीमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुँदैछ।
अोलीले चीन भ्रमणका क्रममा चिनियाँ स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको भ्रमणसमेत गर्नेछन् । नेपाली भ्रमण टोली असार १० गते नेपाल फर्कनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया