काठमाडाैं । निद्रा मानिसका लागि अत्यन्तै महत्वपूर्ण कुरा हाे । मीठाे निद्राले मानिसकाे कार्यकुशलतामा समेत प्रभाव पार्छ । निद्राकै कारण मानिसमा विभिन्न समस्या आउने गरेका पाइन्छ । निद्राकै लागि विभिन्न किसिमका औषधि प्रयाेग गर्नुपर्ने अवस्थामा समेत मानिस पुग्छन् ।
महात्मा विदुरले उनकाे विदुरनीतिमा निद्राका विषयमा केही महत्वपूर्ण कुरा उल्लेख गरेका छन् ।
महात्मा विदुरका अनुसार मानिसभित्र धेरै यस्ता कुरा हुन्छन् जसले गर्दा उसलाई रातभर निन्द्रा नलाग्ने हुन्छ र कहिलेकाहीँ यसबाट उसको जीवन पनि नष्ट हुन्छ । विदुर नीतिअनुसार यी बानीहरूले मानिसलाई निन्द्रा दिन्छ।
नीतिविद् विदुर शास्त्रकुशलता, सत्य, ज्ञान, साहस र निष्पक्ष निर्णयका लागि कहलिएका थिए । उनले महाभारत युद्ध रोक्नका लागि अनेक प्रयास समेत गरेका थिए ।
उनीआफ्नो समयका एक धेरै बुद्धिमान् व्यक्ति थिए। उनीहरुले दिएको शिक्षा आजको समयमा पनि सान्दर्भिक छ । महात्मा विदुर वेदव्यास ऋषिका पुत्र थिए । उनी दासीको कोखबाट जन्मिएका हुन् ।
यो एउटा ठूलो कारण थियो, जसका कारण उनी सबै गुणले भरिपूर्ण भएर पनि हस्तिनापुरको राजा बन्न सकेनन् । उनलाई हस्तिनापुरको महासचिव बनाएको थियो ।
विदुरको सोच निकै दूरदर्शी थियो । विदुर र धृतराष्ट्रबीचको कुराकानीलाई ‘विदुरनीति’ भनिन्छ।
कूटनीति, युद्ध रणनीतिदेखि राजनीतिसम्मका सूक्ष्म विवरणहरू हामीले विदुरनीतिमा पढ्न पाइन्छ । महात्मा विदुरका अनुसार मानिसभित्र धेरै यस्ता कुराहरु हुन्छन् जसले उसमा राति निन्द्रा नलाग्ने समस्या सिर्जना गर्छ । कहिलेकाहीँ यही कारणबाट उनीहरूको जीवन बर्बाद समेत हुन्छ ।
विदुर नीतिअनुसार यी चार बानीका कारण मानिसले आफ्नाे निद्रा गुमाउन पुग्छ :
कामवासना
विदुरनीतिअनुसार मानिसको मनमा कामवासनाको भावना आयो भने उसको मन अशान्त रहन्छ । यसले रातकाे निन्द्रामा समेत बाधा उत्पन्न गर्छ । यसले उसकाे काममा प्रत्यक्ष असर गर्छ । यस्तो व्यक्तिले कुनै पनि काम राम्ररी गर्न सक्दैन । उसको जीवन अर्थहीन हुन्छ र ऊ आफैँ पतनतर्फ जान्छ।
बलवान् शत्रु
मानिस हरेक समय अगाडि बढ्न चाहन्छ । यसका सन्दर्भमा उसका धेरै प्रतिस्पर्धी पनि हुन्छन् । जितमा खुशी र हारमा दुःखी हुने मानिसकाे स्वाभाविक गुण नै हाे । हार–जित दुवैमा मानिसले शत्रु कमाउन सक्छ । तर त्याे शत्रुकाेकाे शक्तिले उसकाे शान्ति र चयनमा खलल पुग्छ ।
विदुरनीति भन्छ कि यदि कुनै व्यक्तिको शत्रु आफूभन्दा बलियो छ भने उसले सधैँ आफ्नो कसरी जित्ने भन्ने मात्र साेच्दछ । शत्रुलाई जसरी हुन्छ छिटै परास्त गर्ने प्रयास मात्र गर्छ ।
तर उसकाे मनमा कुनै दुर्घटना नहोस् भन्ने डर हुन्छ । योजना बनाउने मामिलामा उसकाे निद्रा हराउँछ । उसकाे मनमा कसरी शत्रुलाई मार्ने भन्ने साेच मात्र चल्छ । यसले उसकाे निद्रा बिथाेलिदिन्छ, जसले उसका काम थप कमजाेर बन्दै जान्छन् ।
हार
स्वभावैले मानिस कहिल्यै हार्न चाहँदैन । जित नै मानिसकाे अन्तिम लक्ष्य हुन्छ । कतिपय अवस्थामा हार्नैपर्ने कुरा पनि मानिसले स्वीकार गर्न सक्दैन । तर हार स्वीकार्न नसक्नु मानिसकाे लागि ठूलाे कमजाेरी हाे ।
विदुरनीति भन्छ, यदि मानिसको हातबाट सबैकुरा गुम्यो अर्थात् हार व्यहाेर्नु पर्याे भने उसको निद्रा र शान्ति खोसिन्छ । यस्तो व्यक्ति न त शान्तिपूर्वक बाँच्न सक्छ न त ढुक्कसँग राति निदाउन सक्छ । त्यो मान्छेले आफ्नो खोसिएको चिज फिर्ता पाउनको लागि सोचिरहन्छ । खोसिएको वस्तु नपाएसम्म उनको यो प्रयास जारी रहन्छ ।
चोरी गर्ने बानी
चाेरी गर्नु नैतिक र कानुनी हिसाबले नै खराब भए पनि कतिपय मानिसमा यसकाे बानी नै हुने गर्छ । कतिपय ठूल–ठूला चाेरीमा संलग्न हुन्छन् भने कतिपय सानाेतिनाे चारी गर्ने बानी परेका हुन्छन् ।
कसैले थाहा पाएमा कानुनी कारबाही र सामाजिक बेइज्जती हुने भए पनि चाेर्ने काम नगरेसम्म उसकाे मनमा शान्ति मिल्दैन । कतिपय मानिसमा याे एउटा समस्याकै रूपमा रहेकाे हुन्छ । जसले चाेर्न बनाउने याेजनादेखि चार्दा र चाेरिसकेपछि पनि उसकाे मनमा शान्ति हुँदैन ।
महात्मा विदुरले आफ्नो नीतिशास्त्रमा उल्लेख गरेका छन् कि चोरी गर्ने बानी बस्ने मानिस शान्तिसँग सुत्न सक्दैन। त्यस्ता व्यक्तिको दिमागमा दुईवटा कुरा मात्रै चलिरहन्छ– एउटा उसले कसरी चोरी गर्न सक्छु र दोस्रो भनेको कतै चोरी गर्दा समात्नु हुँदैन। चोरी वा डकैती गर्नेलाई कसैले समात्न नपरोस् भन्ने डरले गर्दा रातभर निन्द्रा नलाग्ने गर्छ । एजेन्सीकाे सहयाेगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया