प्रधानमन्त्री अोली चीन प्रस्थान, भ्रमणदलमा ११९ जना

काठमाडौं : प्रधानमन्त्री के.पी. शर्मा अोली चीन भ्रमणमा निस्केका छन् । बिहान ९ बजे हिमालयन एयरलार्इन्सको चार्टर बिमानबाट चीन जान लागेका प्रधानमन्त्रीको भ्रमण टोलीमा ११९ जना सहभागी छन् । 

चिनियाँ प्रधानमन्त्री लि खछियाङले गरेको अाैपचारिक निमन्त्रणामा अोली अाज चीनको राजधानी बेर्इजिङ पुग्नेछन् । भ्रमणक्रममा अोलीले चीनियाँ राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री खछियाङलगायत चीनियाँ उच्च अधिकारीहरूसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

चीन भ्रमणक्रममा अोलीले उर्जा, रेल विकास, विधुत प्रसारण लार्इन र भूकम्पोत्तर पुनर्निर्माणका क्षेत्रमा चीनियाँ सहायतासम्बन्धी सम्झाैता गर्ने संसदलार्इ जानकारी गराएका छन् । यसअन्तर्गत नेपाल-चीन प्रशारणलार्इनमाथि संयुक्त अध्ययन र उर्जा सहायता सम्झाैता हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

यसैगरि, गल्छी-रसुवागढी-केरूङ (४०० केभी) प्रशारणलार्इन निर्माणका लागि अावश्यक विस्तृत अध्ययन प्रतिवेदन (डीपीअार) तयार गर्ने सम्झाैतामा पनि चीनसँग सम्झाैता हुने बतार्इएको छ । यसअघि प्रधानमन्त्री हुँदा चीनसँग गरेको सम्झाैता कार्यान्वयन, तातोपानीलगायत महत्वपूर्ण २ नाका खोल्ने र अन्य महत्वपूर्ण द्विपक्षीय सहायताका क्षेत्रमा छलफल गर्ने प्रधानमन्त्री अोलीले दाबी गरेका छन् । 

प्रधानमन्त्री अोली अार्इतबारसम्म चीनमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?