पाँच महिनामा पाँच सयभन्दा बढी घरेलु उद्योग दर्ता

RSS
56
Shares

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालयमा ५ सय २१ घरेलु उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो संख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए । उनका अनुसार त्यस अवधिमा १ सय ८८ घरेलु उद्योगले नवीकरण गराएकामा वाणिज्यतर्फ ३ सय १३ नयाँ दर्ता २ सय ८८को नवीकरण भएको थियो ।

गत आवमा ९ सय ७० उद्योग दर्ता र ३ सय ६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६ सय ४० नयाँ दर्ता र ५ सय ५८को नवीकरण भएको थियो ।आव २०७६/७७ मा ६ सय ६९ नयाँ घरेलु उद्योग दर्ता भएकामा २ सय ३७ उद्योग नवीकरण गरिएको थियो ।
उद्योग दर्ता गर्दा सरकारी सेवा तथा सुविधा पाइने भन्दै स्थानीय तहले जानकारी गराएकाले दर्ता गर्ने व्यवसायी बढ्दै गएको उनको भनाइ थियो ।

कार्यालय प्रमुख भुषालले भने, बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा पसल बढिरहेका छन् । दर्ता भएकामध्ये अधिकांश कृषि फार्म, सिलाइकटाइ, अलैँची, ब्यूटीपार्लर, कृषि औजार, मौरीपालन, बंगुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?