काठमाडौं । दुवै मिर्गौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मिर्गौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भइरहेको अवस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित ३ लाख ७७ हजार ५ सय ९० रुपैयाँ सहयोगस्वरूप रकम हस्तान्तरण गरेको हो ।
गुल्मीको इस्मा-४ स्थायी घर भई बागबजार बस्ने प्रहरी जवान खत्रीको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूले स्वस्फुर्त रूपमा सहयोग रकम संकलन गरेका हुन् ।
दुवै मिर्गौलाले काम गर्न छोडेपछि नेपाल प्रहरीलगायतका अस्पतालहरूमा डाइलेसिस एव उपचारार्थ खत्रीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि हामीले आर्थिक सहयोगको सुरुवात गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जोशीले बताए ।
उनले जीवन बचाउने यस्तो पुण्यकार्यको लागि संकलित सम्पूर्ण रकम प्रहरी जवान खत्रीकी श्रीमती ट्राफिक महाशाखामा कार्यरत प्रहरी जवान मुना बस्नेतलाई हस्तान्तरण गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया