अर्घाखाँचीमा थप एक जनाको मृत्यु, कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुग्यो

लोकपथ
84
Shares

अर्घाखाँची । कोभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाको ज्यान गएको छ । मालारानी गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो ।

११ माघमा संक्रमण पुष्टि भएकी महिलाको मृत्यु भएसँगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ ।

अर्घाखाँचीमा हालसम्म कोभिड संक्रमित हुनेको संख्या ४ हजार ८ सय ६२ पुगेको छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?