काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन नेतृत्व प्रतिपक्षी दल एमालेविरुद्ध लागेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।
त्यसैगरी उनले वर्तमान गठबन्धनले प्रदेशमा मन्त्रालय फुटाउँदै मन्त्रीको संख्या थप्दै चालू र अनुत्पादक खर्च बढाउन लागेको टिप्पणी समेत गरेका छन् ।
‘एमालेविरुद्धको गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालू र अनुत्पादक खर्च बढाउन’, उनले लेखेका छन् ।
त्यसैगरी वर्तमान गठबन्धनले आफ्नो कार्यकाल लम्ब्याएर निर्वाचनलाई टार्दैै स्वच्छाचारी शासन लम्ब्याउन लागेको बताए ।
उनले लेखेका छन्, ‘आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया