दाङ । राष्ट्रियसभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका लागि मतदान स्थल तोकिएको थियो ।
राष्ट्रियसभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया