प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘सर्वदलीय बैठक आह्वान गरिएको थिएन’

लोकपथ
476
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान नगरेको पुष्टि भएको छ ।

आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको भन्ने मिडियाहरुमा खबर प्रकाशित भएको थियो । यद्यपी प्रधानमन्त्री देउवाले कुनै पनि सर्वदलीय वा अन्य बैठक आह्वान नगरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले लोकपथलाई जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले आवश्यक परेमा सर्वदलीय वा अन्य बैठक बोलाउन सक्ने तर अहिले कुनै पनि बैठक नबोलाएको स्पष्ट पारे ।

उनले लोकपथसँग भने- ‘प्रधानमन्त्रीले कुनै किसिमको बैठक बोलाउनु भएको छैन । मिडियामा आएका सबै कुरा गलत हुन् । आवश्यक परेमा बैठक आह्वान गर्नुहुनेछ ।’

यता विविध विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेको भन्ने खबरहरु सार्वजनिक भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?