माओवादी केन्द्रद्वारा केन्द्रीय आयोगका अध्यक्ष र सदस्यहरुसँग छलफल

लोकपथ
7
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न विषयमा छलफल गरेको छ ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा पार्टी केन्द्रीय आयोगका अध्यक्षहरु र निवर्तमान स्थायी समितिका सदस्यहरुसँग छलफल गरेको हो । बैठकमा राष्ट्रिय सभा तथा तीनै तहको निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार रमेश मल्लले जानकारी दिए ।

यसअघि आजका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । तर कोरोना महामारीका कारण बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?