काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ ।
विभिन्न एजेण्डाहरुसहित छलफल गर्न डाकिएको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने सहमति भएको छ भने उक्त सहमति कार्यान्वयनको लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बैठकमा सहभागी एक नेताले लोकपथलाई जानकारी दिए ।
ती नेताका अनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्नेछ ।
त्यस्तै बैठकमा राष्ट्रियसभाको निर्वाचन र कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा समेत छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया