सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो छ बजारभाउ

लोकपथ
343
Shares

काठमाडौं । सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?