काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो ।
उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ । दुवै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।
हाल आले होम आइसोलेसनमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया