तराईमा जनमत पार्टीले तय गर्‍यो आन्दोलनका विभिन्न कार्यक्रम (विज्ञप्तिसहित)

लोकपथ
819
Shares

काठमाडौं । किसानहरुको समस्या समाधानको नाममा संघर्ष गरिरहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका थप कार्यक्रमहरु तय गरेको छ ।

माघ ३ गते सोमबार (आज)बाट तराइका विभिन्न जिल्लाहरुमा विभिन्न आन्दोलन सुरु गरी आगामी माघ २० गतेसम्म विभिन्न कार्यक्रमहरु गर्ने बताइएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै जनमत पार्टीले किसानहरुका जायज मागहरु सम्बोधन गर्न सरकारलाई दबाब दिन भौतिक दूरी कायम राख्दै मास्कको प्रयोग गरेर आन्दोलन गर्ने जानकारी गराएको हो ।

किसानहरुको विभिन्न मागहरु सरकारले सम्बोधन गर्न नसकेको भन्दै जनमत पार्टीले विगत केही दिनदेखि तराईका विभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?