सिनेमा हल र जिम हल बन्द गर्ने सरकारको निर्णय

लोकपथ
945
Shares

काठमाडौं । नेपाल सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को संक्रमण दर तीव्ररुपमा फैलिएसँगै त्यसको रोकथामलाई सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थानमा भिडभाड गर्न र मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?