सरकारले अधिनायकवाद ल्याउन खोजेको : कोइराला

 नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्यून्टि सरकार विकास र समृद्धिको नाममा अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो कब्जामा लिने काम गरिहेको उनको आरोप छ ।

बिराटनगरस्थित आफ्नो निवासमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा कोइरालाले भने, ‘वर्तमान सरकारले बिकास र समृद्धिको नाममा न्यायपालिका, प्रदेशिक जस्ता संवेदनशील संरचनालाई हातमा लिने काम गरेको देखिन्छ  । त्यसैले यो सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको देखिन्छ ।’

कांग्रेस पनि देशको विकास र समृद्धिको पक्षमा रहेको उनले बताए ।

तर, सरकार अधिनायकवादतर्फ उन्मुख भए कांग्रेस चुप लागेर नबस्ने उनले बताए । मन्त्रीहरुमा अनुगमन गर्ने होड बढेको छ ।  उनले मन्त्रीहरुलाई ‘अनुगमन मन्त्री’ को संज्ञा दिए । 

मन्त्रीको काम अनुगमन गर्ने नभई कानुन निर्माण गरी बेथिति बढाउनेलाई आवश्यक कारबाही गर्ने भएको भन्दै उनले अनुगमन गर्ने निकायलाई सक्रिय बनाउन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?