माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि

लोकपथ
168
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको लक्षण देखिएपछि परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको हो।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै उनी हाल होम आइसोलेसनमै रहेको जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?