७ दिनमै थपियो ५८ अर्ब बराबरको निक्षेप

लोकपथ
56
Shares

अर्थमन्त्री जनार्दन शर्माले आगामी माघ महिनाभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ । यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो ।

नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार यही पुस २३ गतेसम्म निक्षेप रु ५८ अर्बले वृद्धि भएको छ । सात दिनमा रु ५८ अर्बले निक्षेप थपिँदा रु नौ अर्ब मात्रै कर्जा प्रवाह भएको छ ।

सङ्घका अनुसार पुस १६ गतेसम्म बैंकमा रु ४२ खर्ब ४९ अर्ब निक्षेप रहेकामा पुस २३ गते पुग्दा निक्षेप बढेर रु ४३ खर्ब सात अर्ब पुगेको छ । सो अवधिमा कर्जा रु ४० खर्ब ९९ अर्बबाट बढेर रु ४१ खर्ब आठ अर्ब बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले स्थानीय तहको बैंकमा रहेको मौज्दातको ८० प्रतिशत बराबरको रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेकाले त्यसको सकारात्म्क प्रभाव परेको हो । यस्तै, सो अवधिमा अन्तर बैंकको ब्याजदरमा समेत गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?