अध्यक्ष ओलीद्वारा कर्मचारी सङ्गठनको भवन उद्घाटन

लोकपथ
70
Shares

काठमाडौं । नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

विसंं २०७० माघ ५ गते उनले नै उक्त भवन शिलान्यास गरेका थिए । सोह्र कोठाको दुईतले भवन निर्माणमा एक करोड ८८ लाख नौ हजार ५७० रूपैयाँ खर्च भएको सङ्गठनका अध्यक्ष लक्ष्मी गुरागाईँले बताइन् ।

भवन निर्माणका लागि राष्ट्र सेवक सहकारी संस्थाबाट रु ५० लाख, शान्ति मन्त्रालयबाट २८ लाख रूपैयाँ, तत्कालीन जिल्ला विकास समितिबाट तीन लाख ८२ हजार रूपैयाँ, सांसद विकास कोषबाट एक लाख ९६ हजार २५० रूपैयाँ ऋण लिइएको थियो ।

त्यसैगरी जिल्ला प्राविधिक कार्यालयबाट एक लाख ९० हजार रूपैयाँ, भद्रपुर नगरपालिकाबाट एक लाख ४६ हजार रूपैयाँ सहयोग प्राप्त भएको थियो । यसैगरी विभिन्न दाताबाट ४२ लाख ४१ हजार ६१३ रूपैयाँ सङ्कलन भएको थियो । भवन निर्माणका लागि ५२ लाख ५० हजार रूपैयाँ राष्ट्रसेवक सहकारीबाट ऋण लिइएको थियो ।

भद्रपुर नगरपालिका– १० मा दुई कठ्ठा १५ धुर जग्गामा बनेको भवनको भुइँ तलामा १४ कोठा र पहिलो तलामा दुई सभाकक्ष छन् । जिल्लाको भद्रपुर, कमल र शिवसताक्षी पालिकामा आयोजना हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आजै काठमाडौँबाट गृहजिल्ला झापा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?