काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार बेलुका पीसीआर विधिबाट परीक्षण गर्दा प्रचण्डलाई कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड हाल खुमलटारस्थित आफ्नै निवासमा आइसोलेटेड छन्।
उनको अवस्था सामान्य रहेको छ ।
त्यस्तै माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । नेता श्रेष्ठले आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै आफूलाई कोरोना पुष्टि भएको बताएका हुन् ।
हाल उनी होम आइसोलेसनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया