काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । नेता श्रेष्ठले आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै आफूलाई कोरोना पुष्टि भएको बताएका हुन् ।
हाल उनी होम आइसोलेसनमा रहेका छन् ।
उनले भनेका छन्, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म सँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’
https://www.facebook.com/narayankaji.shrestha.33/posts/3091379857786215
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया