कोरियाली भाषा परीक्षा आंशिक रुपमा खारेज हुँदै

काठमाडौं– सन् २०१९ देखि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताको आधारमा नेपाली युवा माग गर्ने भएको छ ।
आजको कारोबार दैनिकले लेखेको छ– हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा अर्को वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने भएको छ ।
कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यक्षमता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि कोरिया जान योग्य हुने  उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?