डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

काठमाडौं– बाँसबारीस्थित  न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्यूरो चिकित्सक डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ ।

 उनकै इच्छाअनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत देवकोटालाई जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लगिएको हो ।

देवकोटाले  आफ्नो गाउँ र जन्मघरमा जाने इच्छा देखाएपछि त्यहाँ लगिएको  अस्पताल पारिवारिक स्रोतको भनाई छ ।  

उनको बाँसबारीस्थित न्यूरो अस्पतालको सघनकक्षमा उपचार हुँदै आएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?