डा. देवकोटाको स्वास्थ्य अवस्थाबारे फैलिएको अफवाहप्रति परिवारको चिन्ता

काठमडौं । मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे अफवाह फैलिएपछि परिवारले चिन्ता व्यक्त गरेको छ । 

अस्पताल प्रशासन र डा. देवकोटाको परिवारले एक विज्ञप्ति जारी गर्दै अस्पतालबाट जारी गरिने आधिकारीक जानकारी बाहेक अन्य सूचनालाई विश्वास नगर्न सबैमा आग्रह गरिएको छ । 

‘प्रोफेसर डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितीको बारेमा गम्भीर चासो व्यक्त गर्दै विभिन्न क्षेत्रबाट भइरहेको चासो र उहाँको स्वास्थ्यलाभको कामना गर्दै मान्यजन इष्टमित्र तथा शुभ चिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।’ जारी विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरहरु सत्य नरहेको व्यहोर अनुरोध गर्दछु ।’

उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी छ । अस्पतालले शुक्रबार राती १२ बजे जनाए अनुसार हाल डा. देवकोटालाई आईसियुमा राखिएको छ ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?