दूध, दही र पानीमा कोलिफर्म

काठमाडौं, २६ जेठ– उद्योगहरूले उत्पादन गरेर बजारमा बेच्न पठाएको प्रशोधित पानी, दूध र दहीमा दिसामा पाइने हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ ।

विभिन्न उद्योगका घिउ र तेल पनि गुणस्तरहीन भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमन र परीक्षणमा पानीमा कोलिफर्म र ई। कोली भेटिएको हो ।

पूर्णचन्द्र वस्ती प्रवक्ता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
चालू आर्थिक वर्षको १० महिनामा खराब पानी उत्पादन गर्ने २२ सहित दूध, दही, तेल र घिउ गरी १३५ उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको छ ।

उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासनमा कारबाहीका लागि विभागले सिफारिस गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए, आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?