सगरमाथा नाप्न २७ करोड

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक बर्ष १५ करोठ रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

यसअघि दुई करोड रुपैयाँ छुट्याइएकामा यस बर्ष बजेटको दायरा फराकिलो बनाएको नापी विभागले जनाएको छ ।

विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जनभन्दा बढी प्राविधिक टोलीले लेभलिङको कामलाई अघि बढाएको बताए ।

सिरहाको मिर्चौयादेखि  लेभलिङ शुरु गरिएकोमा हाल टोली ओखलढुंगाको ढाप पुगिसकेको छ । आजको  नेपाल  समाचारपत्र दैनिकले खबर छापेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?