यिनीहरु नै हुनः–राष्ट्र सेवक प्रहरी कर्मचारीलाई घरेलु कामदार बनाउने,

काठमाडौं । प्रहरी सेवाबाट अवकास पाएको २० वर्ष नाघेपनि घरेलु कामदारका रुपमा प्रहरी कर्मचारीलाई प्रयोग गर्ने उच्चअधिकारीहरुको संख्यामा भने कमि आएको छैन । 
आफूलाई नेपाल प्रहरीको इमान्दार र उच्चब्यवसायिक अधिकृतको रुपमा चिनाउने उच्चप्रहरी अधिकृतहरुको घरमा अझै पनि ठूलो संख्यामा प्रहरी कर्मचारीहरु घरेलु कामदारको रुपमा खटिइएको पाइएको छ । 
गृहमन्त्रालयका अनुसार, पूर्व आइजीपी अच्यूतकृष्ण खरेल, पूर्वएआइजी राजेन्द्र सिंह, कल्याण तिमिल्सेना, बमबहादुर भण्डारी, मधु पुडासैनी, पूर्व डिआइजीहरु सुरेन्द्र पाल र बीरशरण थापाको घरमा घरेलुकामदारको रुपमा प्रहरी खटाइएको पाइएको छ । 
पूर्वप्रहरी महानिरीक्षक खरेलले विगत १५ वर्षदेखि प्रहरीका एकजना असई, एक हवल्दार र दुईजना सिपाहीलाई घरेलु कामदारको रुपमा प्रयोग गर्दै आएको पाइएको छ । 
त्यस्तैं, सिंहको घरमा पनि जवान एकजना र परिचर दुईजना खटाइएको छ । सिंहले तीनजना राष्ट्रसेवक प्रहरी कर्मचारीलाई घरेलु नोकरको रुपमा प्रयोग गर्दै आएका छन् ।
गृह मन्त्रालयले पूर्वमन्त्री तथा पूर्वप्रहरी अधिकारीको घरमा खटाइएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तत्काल फिर्ता गर्न निर्देशन दिएपनि उनीहरुले फर्काउन मानेका छ्रैनन् । 
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कर्मचारी फिर्ता बोलाउन थप निर्देशन दिएको छ । 
यसैबीच, पूर्वएआइजी तिमिल्सेनाको घरमा जवान एक, परिचर दुईजना गरी तीनजना, भण्डारीको घरमा जवान एक परिचर दुई गरी तीनजना, पुडासैनीको घरमा जवान एक र परिचर दुई गरी तीनजना छन् । 
पूर्वएआइजी पुडासैनीको घरमा कार्यरत परिचर बसन्ती गिरी स्नातकोत्तर तहमा अध्ययनरत छात्रा रहेको बताइएको छ ।
पुडासैनी परिवारले उनलाई घरेलु कामदारको रुपमा घरभान्सा र सरसफाइको काममा लगाउने गरेको दावी मन्त्रालयको छ । 
तर, पुडासैनीले भने आफ्नो घरमा रहेको प्रहरी कर्मचारी फिर्ता पठाइएको दावी गरेका छन् । 
पूर्व डिआइजी पाल र थापको घरमा एक–एकजना प्रहरी कर्मचारी खटिएका छन् । 
प्रहरी सेवाबाट अवकास लिएको १० वर्ष वित्दापनि उनीहरुले सहयोगीका रुपमा लिएका कर्मचारीलाई फिर्ता गरेका थिएनन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?