अस्तव्यस्त बालाजु औद्योगिक क्षेत्र कहिले सुध्रिएला ? (फोटोफिचर)

नेपाल सरकार र अमेरिकी सहयोग नियोगको संयुक्त पहलमा वि.स.२०१९ सालमा स्थापना भएको बालाजु औद्योगिक क्षेत्र नेपालको औद्योगिक क्षेत्रको आरम्भ बिन्दु हो ।

स्थानीय लगानी, श्रम, सीप तथा कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहित तथा औद्योगिक प्रवद्र्धन गर्न ११ वटा औद्योगिक क्षेत्रहरू स्थापना भएको मध्ये देशको राजधानी काठमाडौँमा स्थापना भई सञ्चालित औद्योगिक क्षेत्र हो यो ।

करिव ७ सय रोपनी क्षेत्रफलमा फैलिएको छ, बालाजु औद्योगिक क्षेत्र । जब तपाई यति विशाल परिचय बोकेको बालाजु औद्योगिक क्षेत्रमा जानुहुन्छ । तब तपाईँ नाक खुम्च्याउन थाल्नुहुन्छ । 

महिन्द्रा गाडी, निशान गाडी, फोर्स गाडी, भक्सवागन गाडी, होन्डा मोटरसाइकललगायतका शो–रुम तथा सर्भिस सेन्टरहरु सञ्चालनमा छन् । बालाजु औद्योगिक क्षेत्रभित्र कलेज र छात्राबाससमेत छ विदेशी उत्पादनका शो रुमहरु छन् । बैंक अफ काठमाडौँको भवन छ । नेपाल बैंक छ ।  सिद्धार्थ वनस्थली इन्टिच्युट छ । नेपाल ग्यास लामो समयदेखि सञ्चालनमा छ । पोल्ट्री फर्महरु छन् ।  कच्चा पदार्थ ल्याएर प्रशोधन गरी वस्तुहरु उत्पादन गर्ने उद्योगहरु मात्रै रहनुपर्ने ठाउँबाट जोखिमयुक्त कम्पनीहरु खुलमुखुल्ला सञ्चालन भइरहेको छ । 

फोहोरका डङ्गुर, ढल, पाईपहरु, दुर्गन्धित अनि फोहोर, प्रदुषणले भरिएको, अस्तव्यस्त भद्रगोल हेर्दै कवाडीखाना जस्तो । यी सबै विशेषता बोकेको छ नेपालको पुरानो औद्योगिक क्षेत्र बालाजु औद्योगिक क्षेत्रले ।

अझ अनौठो कुरा त के छ औद्योगिक क्षेत्र अनुत्पादक व्यवसायका लागि भरपुर मात्रामा प्रयोग गरिएको छ । जुन उद्येश्यको लागि  बालाजु औद्योगिक क्षेत्र स्थापना भएको हो त्यही उद्देश्यलाई कुल्चेर अनुत्पादक क्षेत्रलाई औद्योगिक क्षेत्रले यसरी स्थान दिएको छ । 

नियामक निकायको रुपमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र व्यवसायीहरु मनमौजु ढंगले अघि बढिरहेका छन् तर राज्यसंयन्त्र तिनका अगाडि लाचार र निरीह देखिन्छ । लोकपथको लेन्सबाट जे देखियो । (फोटोफिचर)

सरकारले बालाजु औद्योगिक क्षेत्र उद्योग विस्तार गर्नका लागि सञ्चालनमा ल्याएको हो । तर यसको मर्मविपरीत कौडिको भाउमा व्यापारिक घरानालाई जग्गा दिएर केही दलालीले अखडा बनाएका हामीसँग विभिन्न प्रमाणहरु छन् । बालाजु औद्योगिक क्षेत्रमा चलिरहेको सिमित व्यक्तिको मनोमानीको विषयमा लोकपथ डटकम अन्य फलोअप सामाग्री पनि प्रकाशन गर्दै जानेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?