मेदान्त अस्पताल पुगेर शिक्षामन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी भएका छन् ।

सो अवसरमा उनले विश्वविद्यालयबाट विद्यावारिधि, एमफिल तथा स्नातकोत्तर तह सफलतापूर्वक सम्पन्न गर्ने नेपाल, भारतलगायत अन्य सार्क मुलुकका विद्यार्थीहरुलाई आज प्रमाणपत्र वितरण गरे ।
सन् २०१० देखि सञ्चालनमा आएको उक्त विश्वविद्यालयको हाल नेपाल अध्यक्षसमेत रहेको छ ।

आजै मन्त्री पोखरेल भारतको गुडगावँस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेट्न पुगेको   दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

सो क्रममा उनले राष्ट्रकवि घिमिरेको उपचारमा संलग्न चिकित्सकहरुसँग उनको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?