सिंगापुरको यो होटलमा हुनेछ डोनाल्ड ट्रम्प र किम जोनबीच शिखर वार्ता

वासिङ्टन । ह्वाइट हाउसले दिएको जानकारी अनुसार सिंगापुरको सेन्टोसा द्वीपमा रहेको क्यापेल्ला होटलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोन उनबीच शिखर वार्ता हुने भएको छ ।

आउँदो मंगलवार हुने भनिएको शिखर वार्ताका लागि सिंगापुरको सेन्टोसा द्वीपको पर्यटक रिसोर्टलाई विशेष क्षेत्रका रुपमा सिफारिस गरिएको छ ।

ह्वाइट हाउसका प्रेस सचिव सारा स्याडर्सले भने, ‘अमेरिकी राष्ट्रपनि र उत्तर कोरियाका नेता किम जोङ उनबीच शिखर वार्ता सेन्टोसा द्वीपमा हुनेछ, हामी आतिथ्य–सत्कारका लागि सिंगापुरका अतिथिलाई धन्यवाद दिन चाहन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?