आलम विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

लोकपथ
413
Shares

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।

उनको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको थियो । बिस्फोटक पदार्थको पडकाएर मानिसको ज्यान लिएको उद्योग समेतमा विपक्षी बनाइएका आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै रिट निवेदन दिएका थिए ।

२०७० सालको निर्वाचनमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?