माओवादी केन्द्रको समूहगत छलफल सकियो, स्थायी कमिटी बैठक सुरु

लोकपथ
49
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक सुरु भएको छ । केन्द्रको आठौं महाधिवेशनअन्तर्गत समूहगत छलफल सकिएपश्चात स्थायी कमिटि बैठक सुरु भएको हो ।

बैठकमा आएका सुझावहरूलाई कसरी समेट्ने भन्नेबारे सो बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशन पाँच दिनदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी छ ।

पार्टीले नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गर्नेछ । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारी दर्ता र मतदान घोषणा शुक्रबार हुनेछ । यस आधारमा माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने भएको छ ।

माओवादीमा दुई सय ९९ केन्द्रीय सदस्य चयन हुनेछ । जसमा पुरानो दोहोर्याएर नयाँ थप्ने तयारी भएको प्रवक्ता कृष्ण महराले जानकारी दिए ।

माओवादी केन्द्रको महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन हुनेछ । पदाधिकारी भने पछि चयन गरिने नेताहरूले बताएका छन् ।

बिहीबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेकाले अब शुक्रबार प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?