काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी दुई अंकको बनाउन सुझाव आएको छ । बन्दसत्रमा उपत्यका विशेष प्रदेश समूहको छलफलबाट निस्किएका निष्कर्ष सुनाउँदै टोली नेता जगत सिम्खडाले केन्द्रीय कमिटी दुई अंकको बनाउन सुझाव आएको बताए ।
हाल माओवादीको विधानमा केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने प्रस्ताव रहेकामा सिम्खडाले ९९ सदस्यीयमै सीमित गर्न सुझाव दिएका हुन् ।
यस्तै, उनले वाईसीएलबारे विधानमा जबस मोर्चा भनिएको भन्दै वाईसीएल सहायक संगठन हो कि जबस मोर्चा हो भन्ने प्रश्न गर्दै यसबारे प्रष्ट परिनुपर्ने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया