एमाले र माओवादी एकता भएर बनेको पार्टीले मान्यता पायो

काठमाडौ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा निर्वाचन  आयोगमा दर्ता भएको छ ।
आयोगको बुधबार बसेको बैठकले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको कानून अधिकृत अरुण कुमार झाले जानकारी दिए ।
एमाले र माओवादी केन्द्रबीच  गत जेठ ३ गते एकता भएको थियो ।
सुरुमा नेपाल कम्युनिष्ट पार्टी नाम प्रस्ताव गरी निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएकोमा पछि नेकपा पनि थपेर  आधिकारिक रुपमा दर्ता भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?