कलङ्की–कोटेश्वर चक्रपथ निर्माण सुरु भएको ५ वर्ष भइसक्यो ।
साँघुरो सडकका कारण सास्ती खेपेका आम नागरिक सडक स्तरोन्नतीको काम थालनी भएसँगै खुसी भएका थिए । तर त्यो खुसी केही दिनमा विलिन भयो ।
कुईरीमण्डल धुलोका कारण नागरिक वाक्क दिक्क भइसके । पानी पर्दा पनि गजगजी हिलो । घाम लाग्दा धुलै धुलो । कतै सवारी साधन बीच सडकमा नै पल्टिएको त कतै धुलोमा नदेखिएका कारण दुर्घटना भएका समाचारहरु दिनहुँ आइरहेका छन् ।
अझ बल्खु चोक आसपास र त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई त झन् रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास सम्बन्धी रोग सामान्य भईसक्यो । तर यसको व्यवस्थापन भएको छैन । उल्टै सडक निर्माणको म्याद थपेर निर्माण प्रक्रियालाई तन्काइँदै छ ।
सेकेण्ड गन्दै दौडिरहेको एम्बुलेन्स सो सडकखण्डमा घटीमा आधा घण्टासम्म अल्मलिन्छ ।
बल्खु सडकखण्डले निम्त्याएको अप्ठेरो अवस्था लोकपथको लेन्सबाट यस्तो देखियो । हेर्नुहोस् फोटो फिचर :









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया