नवलपरासीमा शिक्षकले नरबली दिन खोजे, प्रहरीले मिलापत्र गराएर छाड्यो

नवलपरासी : नवलपरासीको एक नीजि स्कूलका शिक्षकले सुन पाउने भन्दै एक मुसहर महिलाको नरबली चढाउन खोजेको घटना सार्वजनिक भएको छ । प्रतापपूर गाउँपालिका-३, अमुवामा रहेको न्यू गोल्डेन लार्इफ इङ्गिस् स्कूलका मालिक एवं प्रिन्सिपल हरेन्द्र शर्माले स्थानीय फूलमति मुसहरलार्इ बली दिने प्रयास गरेका हुन् ।

फूलमतिलार्इ नरबली दिर्इ गाड्नका लागि शर्माले स्कूलको कम्पाउन्डमा ४ फिट गहिरो र डेढ फिट लम्बार्इ भएको खाडल खनेका थिए । खाडलमा विशेष पुजा गरेपछि फूलमति मुसहरलार्इ मध्यराती १२ बजे समातेर खाडलनजिक लगेका थिए । बोलचाल नगर्ने फूलमतिका देवर र देवरानीलार्इ उनले फूलमतिलार्इ बलि दिने स्थानमा ल्याउन लगाएका थिए । देवर पञ्चराम र देउरानी चन्दाले जबर्जस्ती फूलमतिलार्इ खाडल नजिक लगेका थिए ।

पुजा गरिएको गहिरो खाडल र अाफुलार्इ काट्न राखेको धारिलो हतियार देखेपछि फूलमति त्यहाँबाट भागेर छिमेकीलार्इ गुहार लगाउन पुगेकी थिर्इन् । स्थानीयले प्रहरीलार्इ खबर गरेका थिए । प्रहरीले मानवबली दिने भनेको स्थानमा पुजाअाजा गरेको गहिरो खाडल देखेको बताएको छ । तर, फूलमतिको बली चढाउन खोज्ने शिक्षक शर्मा र देवर-देवरानीमाथि कुनै कारबाही चलाएको छैन ।

स्थानीय धामी कृष्ण प्याकुरेलको उक्साहटमा विद्यालयका शिक्षक शर्माले मानवबली दिन लागेको स्थानीयले अारोप लगाएका छन् । प्याकुरेलले स्कूल परिसरमा मानवहड्डी भेटिएकाले नरबली दिएमा सुन प्राप्त हुने विश्वास दिलाएका थिए । 

फूलमतिलार्इ बलि चढाउन खोज्ने विद्यालय सञ्चालक एवं शिक्षक हरेन्द्रले भने अाफ्नी श्रीमती लामो समयदेखि बिरामी रहेको र उपचार गर्दा पनि निको नभएकाले पुजास्थलमा फूलमतिलार्इ पनि ल्याएको बताएर उम्कन खोजेका छन् । 

प्रहरीले नै मिलापत्र गराएर छाड्यो
यसअघि पनि बालकको नरबली चढाएको नवलपरासीको अन्धविश्वासी अापराधिक समूहले फेरि नरबली दिन खोजेपनि प्रहरीले भने अारोपितहरूलार्इ पीडितसँग मिलापत्र गराएको छ । शिक्षक हरेन्द्रको प्रभाव गाउँमा रहेका कारण प्रहरी र केही टाठाबाठा बसेर पीडक र पीडितबीच मिलापत्र गराएको स्थानीयले अारोप लगाएका छन् । 

र्इलाका प्रहरी कार्यालय सेमरीका प्रनानी झलक श्रेष्ठले दुवै पक्षबीच मानवबलीको विषयलार्इ लिएर झैझगडा नगर्न र कुनै पनि निकायमा उजुरबाजुर गर्न नपाउने सहमति अाफूहरूले गराएको बताएको स्थानीय नागरिकहरूले लोकपथलार्इ जानकारी दिए । 

मानवबलीजस्तो अत्यन्त जघन्य अपराध लुकाउन खोजेको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीले घटनाबारे सुझ्म अनुसन्धान गर्न निर्देशन दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?